राजनीति


चितवनमा रविलाई ठगीको मात्रै अभियोग, संगठित अपराधमा १२ प्रतिवादी

चितवनमा रविलाई ठगीको मात्रै अभियोग, संगठित अपराधमा १२ प्रतिवादी

फाइल तस्बिर


नेपालखबर
माघ २२, २०८१ मंगलबार १९:३५, काठमाडौँ

चितवनको सहारा सहकारीमा १२ जनालाई मात्रै ठगी र संगठितको कसुरमा सजाय माग गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २० जनालाई भने ठगीमा मात्रै प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख शान्तिप्रसाद लुइँटेलले जानकारी दिए।

‘दोहोरो संलग्नता देखिएकाको हकमा संगठित अपराधको कसुर पनि लगाइएको छ। एक ठाउँमा मात्रै संलग्नता देखिएकाको हकमा ठगीमा मात्रै मुद्दा चलाइएको छ’, लुइँटेलले भने, ‘रवि लामिछानेको गोर्खा मिडिया नेटवर्कमा मात्रै संलग्नता देखिएको छ। त्यही भएर ठगीमा मात्रै प्रतिवादी बनाइएको हो।’

रवि लामिछाने गोर्खा मिडिया नेटवर्कको प्रवन्ध निर्देशक थिए। उनलाई सोही कम्पनीमा गएको रकमको हकमा मात्रै बिगो कायम गरिएको छ। गोर्खा मिडिया नेटवर्कबाट सहकारीको १० करोड ० लाख १ हजार १५१ रुपैयाँ ६ पैसा अपचलन गरिएको छ। 

यो रकम शेयर सदस्यहरू गितेन्द्रबाबु राई, रवि लामिछाने, छविलाल जोशी र कुमार रम्तेललाई प्रतिवादी बनाइएको छ। यी मध्ये रविबाहेकका प्रतिवादीहरूको भने अन्य कम्पनीमा पनि संलग्नता देखिएको छ। उनीहरूलाई संगठित अपराधमा पनि सजाय माग गरिएको छ। 

प्रतिवादीहरू जीबी भन्ने गितेन्द्रबाबु राई, सागर केसी, हेमन्त अधिकारी, आषिश आनन्द, भुपेन्द्र राई, अनन्तबाबु राई, देबेन्द्रबाबु राई, दिनेश रोका, छविलाल जोशी, कुमार रम्तेल, दिपक लामा र नेत्रपाणी बास्तोलालाई संगठित अपराध र ठगीको कसुरमा सजाय माग गरिएको छ।

तर बिरबहादुर रानाभाट, छत्रमणी भट्टराई, दिपा न्यौपाने, शिव प्रसाद आचार्य, मनोज गुरुङ, तिर्थराज लामिछाने, रवि लामिछाने, राम बहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ, कबिता तामाङ, नविन अछामी, भगवती बम्जन, असरफ अलि सिद्दिकी, विज्ञान राई, लक्ष्मी प्रसाद पौडेल, प्रगती श्रेष्ठ र महेन्द्र भोटे भन्ने शिवबहादुर गुरुङलाई ठगीमा मात्रै प्रतिवादी बनाइएको छ।

यसअघि रविलाई पोखराको सूर्यदर्शन सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र रुपन्देहीको सुप्रिम सहकारीको मुद्दामा भने ठगी र संगठित अपराधमा पनि मुद्दा चलाइएको थियो। यी तीन सहकारीमा उनी धरौटीमा रिहा भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad