नेपाली कांग्रेसका ७७ वटै जिल्लाका सभापति र जिल्ला प्रशिक्षण शाखा प्रमुखको लागि संगठन र समसामियक सन्दर्शमा प्रशिक्षण लिन कास्कीको पोखरामा भेला भएका छन्।
यसको चाँजोपाँजोपार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गरेको हो। अभिुमुखीकरणको बन्दसत्र केहीबेरमा सुरु हुनेछ। बन्दसत्रमा ६ जनाले प्रशिक्षण दिनेछन्।
सार्वजनिक कार्यतालिकाका अनुसार प्रशिक्षण बन्दसत्रको सुरुवात नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य विश्वदीप लामिछानेले गर्नेछन्।
उनले नेपाली कांग्रेसको संगठन विस्तारमा प्रविधिको प्रयोग र प्रभाव’ विषयक कार्यपत्र प्रस्तुत गर्दैछन्।
प्रशिक्षणको दोस्रो सेसनमा पार्टी मुख्यसचिवसमेत रहेका डा. कृष्णप्रसाद पौडेलले ‘कांग्रेसको नेतृत्वमा भएका आर्थिक सामाजिक विकास’ विषयक कार्यपत्र पेस गर्नेछन्।
त्यस्तै प्रतिष्ठानका निर्देशक डा.जगदीशचन्द्र पोखरेलले लोकतान्त्रिक समाजवाद- नेपाली कांग्रेसको आर्थिक नीति र अभ्यास विषयमा कार्यपत्र पेस गर्नेछन्।
कार्यपत्रहरू पेस भइसकेपछि महामन्त्री गगनकुार थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापति र उपसभापतिलाई प्रशिक्षण दिने कार्यतालिका छ।
शर्माले वर्तमान सन्दर्भमा समसामयिक मुद्दाहरूमा र थापाले पार्टी संगठन, सदस्यता अभियान, केन्द्र र प्रदेशबीचको अन्तरसम्बन्धबारे प्रशिक्षण दिनेछन्।
बुधबार भने समूहगत छलफल हुनेछ। आज पेस भएका विषयमा भोलि बुधबार बिहान ९ बजेदेखि छलफल गरी प्रतिवेदन तयार पारिने तालिकामा उल्लेख छ। उक्त प्रतिवेदनमाथि बुधबार दिउँसोको दोस्रो सत्रमा छलफल हुनेछ।
Shares

प्रतिक्रिया