राजनीति


२०८१ बाट निवृत्तिभरण कोषमा शिक्षक सेवा समावेश हुन्छ : शिक्षामन्त्री भट्टराई

२०८१ बाट निवृत्तिभरण कोषमा शिक्षक सेवा समावेश हुन्छ : शिक्षामन्त्री भट्टराई

नेपालखबर
माघ २१, २०८१ सोमबार १७:५४, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले २०८१ बाट मात्रै निवृत्तिभरण ऐनमा शिक्षक सेवा समावेश हुने बताएकी छन्।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले २०८१ बाट मात्रै निवृत्तिभरण ऐनमा शिक्षक सेवा समावेश हुने जानकारी दिएकी हुन्।

उनले केही दिनअघि सरकारले जारी गरेको अध्यादेशमा निवृत्तिभरण ऐनको बारेमा पनि उल्लेख भएको बताउँदै निवृत्तिभरण कोषमा शिक्षक सेवा समावेश कहिले भन्ने प्रश्न रहेको बताइन्।

सोही बारेमा आजको मन्त्रिपरिषद् बैठकमा आफूले कुरा राखेको र छलफलमा ऐन बनेपछि (२०८१) बाट मात्रै निवृत्तिभरण ऐन कोषमा शिक्षक सेवा समावेश हुने स्पष्ट भएको बताइन्।

उनले भनिन्, ‘निवृत्तिभरण ऐनको बारेमा जुन अध्यादेशमा आयो, त्यसमा शिक्षक सेवा पनि समावेश हुने निवृत्तिभरण ऐन कोषमा भन्ने आयो। त्यसमा शिक्षकहरुमा केही कन्फ्युजन थियो। कहिलेबाट भनेर। मैले आज मन्त्रिपरिषद्मा यो विषय प्रवेश गराएँ। त्यहाँ जबबाट ऐन बन्यो त्यहीबेलादेखि नै होला। २०८१ सालबाट मात्रै उहाँहरू त्यसमा समावेश हुनुहुन्छ। अगाडिको शिक्षकहरू पेन्सनकै प्रावधानमा रहनुहुन्छ।’

२०२१ सम्मका शिक्षकहरु भने पेन्सनकै प्रावधानमा रहने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad