जनमत पार्टीका अध्यक्ष सिके राउतले जाति, रंग, क्षेत्र, भेषभूषा र राष्ट्रियतालाई हुने भेदभावविरुद्ध विधेयक संसद्मा दर्ता गराएका छन्।
आइतबार उनले त्यस्तो भेदभावविरुद्ध कसुर र सजायको व्यवस्था भएको गैरसरकारी बिधेयक संघीय संसद्का महासचिवलाई हस्तान्तरण गरेका हुन्।
राउतले यो विधेयकलाई आगामी प्रतिनिधिसभाको बैठकमा पेस गर्न आवश्यक प्रक्रियता पुरा गरिदिन समेत महासचिवलाई आग्रह गरेका छन्।
सामान्यतया अन्य विधेयक सरकारले ल्याउने भए पनि गैरसरकारी बिधेयक सांसद आफैँले पनि ल्याउन सक्छन्।
54
Shares

प्रतिक्रिया