राजनीति


जसपा नेपालको कार्यकारिणी समितिको बैठक दोस्रो दिन पनि जारी

जसपा नेपालको कार्यकारिणी समितिको बैठक दोस्रो दिन पनि जारी

नेपालखबर
माघ २०, २०८१ आइतबार १४:५, काठमाडौँ

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक दोस्रो पनि जारी छ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबारदेखि सुरु भएको बैठकमा आज पनि बिषयगत छलफल भइरहेको छ। 

बैठकमा पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पेस गरेको एजेन्डामा केन्द्रीत भएर छलफल भईरहेको अध्यक्ष यादवको सचिवालयले जनाएको छ।  कार्यकारिणी समितिको बैठकमा खासगरी पार्टी सुदृढिकरणका लागि चार महिनादेखि केन्द्रदेखि वडास्तरसम्मै जारी संगठन बिस्तार अभियानको समीक्षा हुँदैछ। 

‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ नामको चार महिनादेखि जारी अभियानको समीक्षा मुख्य एजेन्डा रहेको सचिवालयले जनाएको छ। दुई दिने बैठकको पहिलो दिन कार्यकारिणी समितिका २३ सदस्यले अभियान सम्बन्धी रिपोर्ट प्रस्तुत गरेका थिए।

बाँकी रहेका सदस्यले बैठकको दोस्रो दिन आ–आफ्नो जिम्मेबारी र तोकिएको कार्यक्षेत्रको प्रगति विवरण प्रस्तुत गर्दैछन्। यसअघि उक्त अभियानको समयावधि दुई महिना थप गरी माघ मसान्तसम्मलाई थप गरिएको थियो।

मधेस केन्द्रित ८ दलको बन्दै गरेको मोर्चा, सरकारले ल्याएको अध्यादेश र ताप्लेजुङमा चलिरहेको केबलकार विरुद्धको आन्दोलन लगायत माथिको छलफल बैठकको मुख्य एजेन्डा रहेको छ। 

वर्तमान अवस्थामा पार्टी संठन निर्माणलाई तीव्रता दिन कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे बैठकमा कार्यकारिणी सदस्यहरुले धारणा राखिरहेका छन्। 

बैठक आज सम्पन्न हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad