राजनीति


जनतामा आशा जगाउन सत्तापक्ष–प्रतिपक्ष नभनौँ : अशोक राई

जनतामा आशा जगाउन सत्तापक्ष–प्रतिपक्ष नभनौँ : अशोक राई

फाइल फोटो


नेपालखबर
माघ १८, २०८१ शुक्रबार १६:३९, काठमाडौँ

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले मुलुकमा आशा र विश्वास जगाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले जनतामा भएको निराशा र अविश्वास चिर्नुपर्ने आवश्यकता रहेको बताए। अध्यक्ष राईले यसमा प्रतिपक्ष र पक्ष नभनि जिम्मेवार हुनुपर्ने बताए।

यसमा सांसद र राजनीतिक दलहरुले गम्भीर भएर सोच्नुपर्ने बेला आएको उनको धारणा थियो।

उनले भने, ‘मुलुकमा आशा र विश्वास जगाउनुपर्ने ज्यादै गम्भीर आवश्यकता छ। जनतामा भएको निराशा र अविश्वास चिर्नुपर्ने आवश्यकता छ। त्यसमा के पक्ष, के प्रतिपक्ष? हामी सबै जिम्मेवार दलहरुले, सांसदहरुले गम्भीरतापूर्वक काम गर्नुपर्नेछ। यस्ता खालका व्यवहार गर्नाले जनताको विश्वास हामीमाथि समाप्त हुन्छ, अविश्वास बढ्छ, निराशा बढ्छ। त्यसले कसैलाई पनि फाइदा गर्दैन।’

उनले जनताको विश्वास आर्जन गर्नेकुरामा सत्ता पक्ष र प्रतिपक्ष भन्न नहुने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad