कारोबार


९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा जुट्यो साढे १० अर्ब, ४ बैंकले लगानी गर्ने

९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा जुट्यो साढे १० अर्ब, ४ बैंकले लगानी गर्ने

नेपालखबर
माघ १८, २०८१ शुक्रबार १६:४७, काठमाडौँ

गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङदी नदीमा निर्माण हुने ९० मेगावाटको मर्स्याङदी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा ४ बैंक तथा वित्तीय संस्थाले १०.५० अर्ब रुपैयाँ लगानी गर्ने गरी वित्तीय व्यवस्थापनको टुङ्गो लागको छ। 

कुमारी बैक लिमिटेडको अगुवाइमा लगानीसम्बन्धी सम्झौतामा शुक्रबार हस्ताक्षर भएको हो।

लगानी सम्झौता एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैक लिमिटेड, प्रभु बैक लिमिटेड, कृषि बिकास बैक लिमिटेड र सिद्धार्थ बैक लिमिटेडको संयुक्त लगानीमा हुने गरी ऋण सम्झौता भएको हो। 

हाल ४ वित्तीय संस्थाबीच सम्झौता भए पनि केही समयभित्र अन्य बैंक तथा वित्तीय संस्थाहरुले पनि लगानी गर्ने बताइएको छ। निर्माण अवधिको ब्याजसहित कुल २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुने जनाइएको छ। 

प्रवर्द्धक कम्पनीका अनुसार ऋण लगानीतर्फ कुमारी बैक लिमिटेडले ४ अर्ब, प्रभु बैक लिमिटेडले ३ अर्ब, सिद्धार्थ बैक लिमिटेडले २ अर्ब र कृषि विकास बैक लिमिटेडले १.५ अर्ब लगानी गर्नेछन्। 

स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ। डोल्मा इम्पाक्ट फन्डले पनि स्वपुँजी लगानी गर्नुपूर्व आवश्यक ड्यु डिलिजेन्स (सम्पत्ति दायित्व मूल्या‌ंकन) अध्ययन अगाडि बढाइएको छ। यही समूहबाट हाल सेतीखोला हाइड्रोपावर लिमिटेड सेतीखोला जलविद्युत आयोजना २२ मे वा निर्माण कार्य अन्तिम चरणमा छ। 

आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग गत वर्ष कात्तिक १ गते विद्युत् खरिदबिक्री सम्झौता सम्पन्न भई व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति २०८६ वैशाख २२ गते छ।

आयोजना प्राविधिक प्ररामर्शदाता क्लिन इन्ज कन्सलटेन्स प्रा लि रहेको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), विस्तृत इन्जिनियरिङ डिजाइन तथा ठेक्का सम्बन्धी कागजात तयारीको काम अन्तिम चरणमा छ। 

आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए) स्वीकृतिका लागि सम्बन्धित निकायमा पेस भएको छ।

आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारणलाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल विद्युत प्राधिकरणको मार्किचोक सब-स्टेसनमा २२०/१३२ केभीमा जोडिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad