राजनीति


शेरबहादुर देउवाले भने : ६ महिनामै सरकारको मूल्याङ्‌कन गर्नु राम्रो हुँदैन

शेरबहादुर देउवाले भने : ६ महिनामै सरकारको मूल्याङ्‌कन गर्नु राम्रो हुँदैन

नेपालखबर
माघ १८, २०८१ शुक्रबार १५:०, काठमाडौँ

सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको ६ महिनामै कामको मूल्यांकन गर्नु राम्रो नहुने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्नेक्रममा देउवाले भने,'सरकारले राम्रो गरेको छ। ६ महिनामै मूल्यांकन गर्नु राम्रो हुन्न। परिणाम राम्रो दिनेछ भन्ने विश्वास छ।'

सरकारले राम्रो काम गर्दै जाने विश्वास लिएको पनि बताए। 'कुनै पनि सरकारको समग्र मूल्यांकन गर्न ६ महिनाको समय पर्याप्त समय होइन' उनले भने। 

उनले राजनीतिक अस्थिरता र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेकोले कांग्रेस-एमाले मिलेर सरकार बनाएको पनि बताए। 

'वर्तमान सरकार गठन भएको साढे छ महिना पूरा भएको छ। विगतमा सरकार स्थिर हुन नसकेको कारण देशको राजनीतिक र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेको हुँदा यो सरकार गठन गरिएको हो,' उनले भने, 'नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी एमालेबीच सात बुँदे सहमति भएर सरकार गठन भएको हो। हामी दुबै दलका साथै अन्य राजनीतिक दलहरूको पनि सरकारमा सहभागिता र समर्थन रहेको छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad