ad ad

राजनीति


प्रचण्डको अपिल : सरकारी निर्णयको पालना गरौँ, उच्च मनोबलका साथ कोरोनाको सामना गरौँ

प्रचण्डको अपिल : सरकारी निर्णयको पालना गरौँ, उच्च मनोबलका साथ कोरोनाको सामना गरौँ

नेपालखबर
चैत ९, २०७६ आइतबार ६:१३,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसको संक्रमणबाट बच्न जनचेतना फैलाउन पार्टी पंक्ति र आम जनसमुदायलाई आग्रह गरेका छन्।

आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष प्रचण्डले पार्टी र सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सम्बन्धित सबैमा आग्रह पनि गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले कोरोना भाइरसको संक्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउन आफ्नो पहल बढाउन सरकारसँग आग्रह गरे। उनले राष्ट्रिय एकता र उच्च मनोबलका साथ यसको सामना गर्न सबैमा अनुरोध गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .