अनेरास्ववियू क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन्।
बिहीबार बिहान आफ्नो निवास खुमलटारमा उनले विद्यार्थी नेताहरुलाई भेट्दै शैक्षिक आन्दोलनको अगुवाई र राजनैतिक आन्दोलनको सेवा गर्नको लागि लाग्न आग्रह गरेका छन्।
प्रचण्डले भेटपछि भनेका छन्, ‘आन्तरिक लोकतन्त्रको अभ्यासमार्फत निर्वाचित नौजवान युवाहरूको उर्जा नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि शैक्षिक आन्दोलनको अगुवाई र राजनैतिक आन्दोलनको सेवा गर्न सही ढंगले प्रयोग हुने विश्वास लिएको छु।’
उनले अनेरास्ववियू क्रान्तिकारीबाट बिदाइ भएका सबै युवालाई पार्टीका विभिन्न भूमिकामा रहेर क्रियाशिल हुन समेत आग्रह गरेका छन्।
108
Shares

प्रतिक्रिया