मोर्चाबन्दीको तयारीमा रहेका मधेस केन्द्रित ८ राजनीतिक दलको बैठक बस्ने भएको छ। जसपा नेपालका नेता मनिष सुमनका अनुसार बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्ने छ।
यसअघि बसेको बैठकको निरन्तरताका रुपमा आज पनि बैठक बस्न लागेको उनले बताए। सरकारले संविधान संशोधनको चर्चा गरेसँगै मधेस केन्द्रित दलहरु पुरानो मधेसी मोर्चा ब्युँताउने प्रयासमा छन्।
संसद्मा रहेका र नरहेका दलहरु पछिल्ला बैठकमा उपस्थित हुने गरेका छन्। जसमा जसपा नेपाल, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतीशील पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीले लगायत छन्।
108
Shares

प्रतिक्रिया