प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका दलहरू सम्मिलित समाजवादी मोर्चा, नेपालमा आवद्ध युवा संगठनहरू माघ १८ गते राजधानीमा विरोध प्रदर्शन गर्ने भएका छन्।
बुधबार बसेको युवक संगठनहरूको बैठकले माइतीमण्डलादेखि नयाँ बानेश्वरसम्म भ्रष्टाचार, कालोबजारी र महँगीविरूद्ध तथा जनजीविकाका पक्षमा संयुक्त प्रदर्शनको आयोजना गर्ने निर्णय गरेको जनाएका छन्।
बैठकपछि जारी प्रेस विज्ञप्तिमा नेकपा तथा राज्यबीच भएको ३ बुँदे सहमति कार्यन्वयन नभएको, देशमा दिनप्रतिदिन बढ्दो कालोबजारी, महँगी र भ्रष्टाचारले आम जनताको जीवनलाई असहज बनाउँदै गएको, ज्यामी, किसान, मजदुर, मध्यम वर्ग लगायत श्रमजीवी वर्गको जीवन कठिन बन्दै गएको छ भने कालोबजारी, माफिया र सिण्डिकेटको बलियो प्रभावले अवस्था झनै जटिल बनाएको उल्लेख छ।

291
Shares

प्रतिक्रिया