राजनीति


यी हुन् अखिल क्रान्तिकारीका निर्वाचित पदाधिकारी

यी हुन् अखिल क्रान्तिकारीका निर्वाचित पदाधिकारी

अध्यक्षमा निर्वाचित विजय सापकोटा (दायाँ)


नेपालखबर
माघ १६, २०८१ बुधबार २१:३८, काठमाडौँ

अखिल क्रान्तिकारीको निर्वाचनको सम्पूर्ण मत परिणाम आएको छ।

७ भौगोलिक र २ गैरभौलिक गरी ९ प्रदेशमा व्यवस्था गरिएका मतदान केन्द्रमा गएको शनिबार (माघ १२ गते) मतदान भएको थियो।

बुधबार सँझ सार्वजनिक भएको मत परिणाम अनुसार अध्यक्षमा विजयप्रकाश सापकोटा निर्वाचित भएका छन्।

९ उपाध्यक्षमा अटल आचार्य, मदन ढकाल, विराज थापा, दीपा जैशी, ममता अधिकारी, सन्दीप पुन, कृष्णबहादुर सुनार, अभिमन्यु यादव र उमेश कंडेल निर्वाचित भएका छन्।
यस्तै, महासचिवमा रोशन थापामगर निर्वाचित भएका छन् भने ९ उपमहासचिवमा विपिन पोखरेल, गजेन्द्र यादव, निर्मला गौतम, भगवान बास्तोला, रेशम अधिकारी, प्रकाश अधिकारी, रामचन्द्र भट्ट, निरोज श्रेष्ठ र जटिल कार्की निर्वाचित भएका छन्।

यस्तै, ११ सचिवका लागि भएको निर्वाचनबाट प्रेम जैशी, वीरेन्द्र जिसी, शिशिर बस्याल, सम्झना राई, तिर्सना आलेमगर, सम्कृति पुन, आर्टिस्ट मोक्तान, आशा उपरकोटी, अमर मण्डल, जीतेन्द्र भण्डारी र युन्छो हाङ्ग मावो निर्वाचित हुँदा कोषाध्यक्षमा फूलमाया रानामगर विजयी भएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad