राजनीति


क्रान्तिकारीको मतपरिणाम आएपछि जनार्दनले भने : प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व निर्वाचित हुनु उज्यालो पक्ष

क्रान्तिकारीको मतपरिणाम आएपछि जनार्दनले भने : प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व निर्वाचित हुनु उज्यालो पक्ष

नेपालखबर
माघ १६, २०८१ बुधबार २०:४५, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले ‘प्रत्यक्ष प्रतिस्पर्धा मार्फत नयाँ नेतृत्व निर्वाचित हुनु माओवादी आन्दोलनका लागि उज्यालो पक्ष’ भएको बताएका छन्।

बुधबार साँझ अनेरास्ववियू क्रान्तिकारीको मतगणना सम्पन्न भएपछि नेता शर्माले ‘प्रतिनिधिहरूलाई निर्देशित जनवादको सट्टा स्वविवेक प्रयोग गर्ने अधिकारको सुनिश्चिता गर्न जरुरी’ रहेको बताए।

सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै शर्माले अनेरास्ववियूको नयाँ नेतृत्व निर्वाचनबाट चयन हुनु ऐतिहासिक परिघटना भएको बताएका छन्।

निर्वाचनबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल निकट ‘हेडक्वाटर समूह’ का विजयप्रकाश सापकोटा अध्यक्षमा निर्वचित हुँदा शर्मा निकट प्यानलबाट महासचिवसहित बहुमत पदाधिकारी निर्वाचित भएका छन्।

मतपरिणाम सार्वजनिक भएलगत्तै शर्माले लेखेका छन्, ‘निर्वाचन प्रति नकारात्मक सोच बनाउनुको सट्टा स्वस्थ, स्वच्छ र निष्पक्ष रुपले प्रतिस्पर्धा गराउन सक्षम निर्वाचन आयोग सोही अनुरुपको सहजकर्ता, व्यवस्थापन, दबाब मुक्त रुपमा कार्य सम्पादन गर्ने वातावरण तयार पार्न ध्यान दिनुपर्छ। प्रतिस्पर्धामा उत्साह पूर्वक सहभागी निर्वाचन परिणामलाई सहज स्वीकार गर्ने सबै प्रत्यासीहरुको प्रसंशा सहित हार्दिक धन्यवाद।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad