ग्लोबल


महाकुम्भ भागदौडमा मारिएका ३० जनाका परिवारलाई जनही २५ लाख दिने मुख्यमन्त्रीको घोषणा

महाकुम्भ भागदौडमा मारिएका ३० जनाका परिवारलाई जनही २५ लाख दिने मुख्यमन्त्रीको घोषणा

घटनास्थलको एक दृश्य र मुख्यमन्त्री योगी आदित्यनाथको फाइल तस्बिर


नेपालखबर
माघ १६, २०८१ बुधबार २०:४६, काठमाडौँ

भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा मंगलबार राति मच्चिँदा ३० जनाको मृत्यु भएको त्यहाँको सरकारले पुष्टि गरेको छ। दुर्घटनामा ६० जना घाइते भएको बताइएको छ।

यसैबीच घटनाप्रति दुःख व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई जनही २५ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्। 

मुख्यमन्त्री योगीले भने, ‘सरकारले घटनाको न्यायिक छानबिन गर्ने निर्णय गरेको छ। यसका लागि हामीले न्यायाधीश हर्ष कुमार, पूर्वमहानिर्देशक वीके गुप्ता र सेवानिवृत्त आईएएस डीके सिंहको अध्यक्षतामा ३ सदस्यीय न्यायिक आयोग गठन गरेका छौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad