राजनीति


अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा

अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा

नेपालखबर
माघ १६, २०८१ बुधबार २०:७, काठमाडौँ

अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा ‘हेडक्वार्टर समूह’ का विजयप्रकाश सापकोटा विजयी भएका छन्।

बुधबार साँझ सम्पन्न मतगणनामा सापकोटा ६८६ मतसहित विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी हेमन्त राईले ६१५ मत पाए। राई पार्टीका उपमहासचिव जनार्दन शर्मानिकट नेता हुन्।

यस्तै, अध्यक्षका अर्का उम्मेदवार उपदेशकुमार यादवले ३१० मत ल्याए भने सुदिन पौडेलले १९२ मत पाए।

अध्यक्षमा विजयी सापकोटा र निकटतम प्रतिस्पर्धी राईबीच मतान्तर ७१ रहेको छ।

क्रान्तिकारीको महासचिव (रोशन थापामगर) सहित अधिकांश पदाधिकारी भने जनार्दन शर्मानिकट राई प्यानलबाट निर्वाचित भएका छन्।

७ भौगोलिक र २ गैरभौलिक गरी ९ प्रदेशमा व्यवस्था गरिएका मतदान केन्द्रमा गएको शनिबार (माघ १२ गते) मतदान भएका थिए।

३२ वर्षे उमेर हद लागेपछि पहिलो अध्यक्ष बने सापकोटा
नेकपा माओवादीले हेडक्वाटर भन्ने गरेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट नेताहरूको समर्थन पाएका सापकोटा ३२ वर्षे उमेरहद लगाएपछि पहिलोपटक अध्यक्षमा निर्वाचित भएका हुन्।

क्रान्तिकारीको २३ औँ अध्यक्ष बनेका ३१ वर्षे सापकोटा २०५९ सालमा क्रान्तिकारीको संगठित सदस्यता लिएका हुन्। जुनबेला उनी ८ वर्षका थिए।

पर्वतमा जन्मिएका उनले जिल्लामै क्रान्तिकारीको विभिन्न पदमा रहेर काम गरे। उनी २०७१ मा क्रान्तिकारीको पर्वत जिल्ला अध्यक्ष बने।

२०७९ मा केन्द्रीय सचिव बनेका सापकोटा २०८० मा उपमहासचिव एवं गण्डकी प्रदेश अध्यक्ष भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad