राजनीति


स्वास्थ्यमन्त्री पौडेलले बुझाए प्रधानमन्त्रीलाई स्वास्थ्य बीमा सुधारको कार्ययोजना

स्वास्थ्यमन्त्री पौडेलले बुझाए प्रधानमन्त्रीलाई स्वास्थ्य बीमा सुधारको कार्ययोजना

नेपालखबर
माघ १६, २०८१ बुधबार १३:५२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्ययोजना प्रस्तुत गरेका छन्।

मन्त्रालयका अतिरिक्त सचिव डा.दीपेन्द्ररमण सिंहको नेतृत्वमा तयार पारिएको कार्ययोजनासहितको प्रतिवेदन स्वास्थ्यमन्त्री पौडेलले आज प्रधानमन्त्रीलाई बुझाएका हुन्।

कार्ययोजनाका आधारमा मन्त्रिपरिषद् बैठकमार्फत स्वास्थ्य बीमामा सुधार सम्बन्धमा निर्णय हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ। 

स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार गर्दै रु पाँच लाख पु¥याउने गरी तयारी गरिरहेको बताउँदै आएका छन्। प्रधानमन्त्रीसमक्ष पेस भएको प्रतिवेदनमा पनि स्वास्थ्य बीमा रकम रु पाँच लाखसम्म पु¥याउन सकिने आधार समावेश छन्।

मन्त्रिपरिषद्बाट निर्णय भएमा संसद्को आगामी अधिवेशनमार्फत स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाउने मन्त्रालयको तयारी छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad