राजनीति


सत्तारुढ दलको बैठकले प्रचण्ड र रविका कार्यकर्ताको नीद हराम गराउनेछ : महेश बस्नेत

सत्तारुढ दलको बैठकले प्रचण्ड र रविका कार्यकर्ताको नीद हराम गराउनेछ : महेश बस्नेत

नेपालखबर
माघ १४, २०८१ सोमबार १२:२०, काठमाडौँ

नेकपा एमालेका नेता महेश बस्नेतले आज सोमबार बस्ने सत्तारुढ दलको बैठकले विपक्षीको नीद हराम गराउने बताएका छन्। 

बैठकअघि सामाजिक सञ्जालमा उनले चाँडै सरकार ढल्छ भनेर मनको लड्डु घिउसँग खाइरहेका प्रचण्ड र रवि लामिछानेका पार्टीका कार्यकर्ताहरूलाई आजको यो बैठकले नीद हराम गराउने बताएका हुन्। 

यसअघि नेपाली कांग्रेसले सरकारलाई पूर्ण रूपले सहयोग गरेर जाने निर्णय गरेको पनि उनले उल्लेख गरेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो शुक्रबार सुरु हुने हिउँदे अधिवेशन, संसदमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीका बारेमा छलफल गर्ने गरी सोमबार साँझ ५ बजे बस्ने गरी बैठक बोलाएका छन्। 

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी  लगायत सत्तारुढ दललाई बोलाइएको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad