राजनीति


अब बन्ने संरचनाहरु भूकम्प प्रतिरोधी बनाउनु आवश्यक छ : उपप्रधानमन्त्री सिंह

अब बन्ने संरचनाहरु भूकम्प प्रतिरोधी बनाउनु आवश्यक छ : उपप्रधानमन्त्री सिंह

फाइल तस्बिर


नेपालखबर
माघ १४, २०८१ सोमबार ११:४३, काठमाडौँ

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पका कारण हुने जनधनको क्षति कम गर्न राष्ट्रिय भवन संहीता पालना गर्नु अपरिहार्य रहेको बताएका छन्।

सोमबार काठमाडौँमा २७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल बाढी, पहिरो, महामारी, आगलागी, भूकम्प लगायतका कयौँ प्रकोपहरुबाट बारम्बार प्रभावित हुने गरेको बताए। 

पछिल्लो समय गातार विभिन्न खालका विपद्जन्य घटनाबाट प्रभावित हुँदै आएको भन्दै बाढी, पहिरो, महामारी, आगलागी, चट्याङ, शितलहर लगायतका विपद्का घटनाहरुबाट सुरक्षित हुन त्यसैअनुसार पूर्वतयारी तथा खोज उद्धार अवस्थामा सुधार गर्नु आवश्यक रहेको उनको भनाइ छ। 

इतिहासबाट पाठ सिक्दै अब बन्ने घर संरचनाहरु भूकम्प प्रतिरोधी बनाउनु आजको आवश्यकता भएको भन्दै सिंहले जोखिम न्यूनीकरणका सम्बन्धमा भवन लगायत भौतिक संरचना सुरक्षित तवरले निर्माण गर्नको लागि जनचेतना फैल्याउनु पनि उत्तिकै आवश्यक रहेको बताए। 

निर्माण भएका कानुनको प्रभावकारी कार्यान्वयन र कानूनी जटिलतालाई सहज बनाउन त्यसमा आवश्यक हेरफेर, आवश्यक नयाँ योजना तथा नीति तर्जुमा गरेर बस्तीहरुलाई सुरक्षित राख्नुपर्नेमा उनले जोड दिए।

‘हाम्रो मुलुक बाढी, पहिरो, महामारी, आगलागी, भूकम्प लगायतका कयौँ प्रकोपहरुबाट बारम्बार प्रभावित हुने गरेको छ,’ सिंहले भने, ‘पछिल्लो समय हामी लगातार विभिन्न खालका विपद्जन्य घटनाबाट प्रभावित हुँदै आएका छौँ। भूकम्पका कारण हुने जनधनको क्षति कम गर्ने राष्ट्रिय भवन संहीता पालना गर्नु अपरिहार्य छ। बाढी, पहिरो, महामारी, आगलागी, चट्याङ, शितलहर लगायतका विपद्का घटनाहरुबाट सुरक्षित हुन त्यसैअनुसार पूर्वतयारी तथा खोज उद्धार अवस्थामा सुधार गर्नु आवश्यक छ।’ 

उनले थपे, ‘भूकम्पीय जोखिम न्यूनीकरणका लागि भूकम्प प्रतिरोधी थेग्न नसकेरै हाम्रो घर एवं भौतिक संरचनाहरु भूकम्पमा गल्र्यामगुर्लम्म ढले र हामीले अथाह जनधनको क्षति व्यहोर्नुपर्‍यो। इतिहासबाट पाठ सिक्दै अब बन्ने घर संरचनाहरु भूकम्प प्रतिरोधी बनाउनु आजको आवश्यकता हो। राष्ट्रिय भवन संहीताको पूर्ण परिपालना र जोखिमप्रति संवेदनशील भूउपयोगको योजनाको कार्यान्वयनमा हामी सबैको हातेमालो जरुरी छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad