राजनीति


अध्यादेश बनाउन भूमिका खेलेका विज्ञले कांग्रेस सांसदलाई दिए प्रशिक्षण

अध्यादेश बनाउन भूमिका खेलेका विज्ञले कांग्रेस सांसदलाई दिए प्रशिक्षण

नेपालखबर
माघ १३, २०८१ आइतबार १८:४, काठमाडौँ

नेपाली कांग्रेसको संसदीय दलको पहिलो दिनको बैठकमा सरकारले हालै ल्याएका विभिन्न अध्यादेश बनाउन भूमिका खेलेका विज्ञहरुले प्रशिक्षण दिएका छन्। 

आइतबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको दलको बैठकमा सेमन्त दाहाल, प्रताप पौडेल लगायतका विज्ञहरुले सांसदहरुलाई प्रशिक्षण दिएका हुन्। 

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले उनीहरुले अध्यादेशका विषयवस्तुका बारेमा सांसदहरुलाई जानकारी गराएको बताए। 

बैठकबारे जानकारी गराउँदै उनले भने, ‘प्रताप पौडेल, सेमन्त दाहालले लगायतले अहिले आएका अध्यादेशका कन्टेन्टका विषयमा प्रकाश पार्नुभयो। बैठक आज यसमैमा सिमित भएको छ। आज यसबारेमा विस्तृतरुपमा छलफल भएको छ।’ 

दाहाल कानुनविद् हुन भने पौडेल योजनाविद् हुन्। उनीहरुले सरकारले बनाएको कानुन सुधार कार्यदलमा रहेर काम गरेका थिए।

त्यस्तै बैठकमा गृहमन्त्री रमेश लेखकले सरकारले गरेका कामकारबाहीबारे र महामन्त्री गगन थापाले सरकारले बनाएको संयन्त्रको आवश्यताबारे जानकारी गराएका थिए।

संसदीय दलको बैठक भोलि पनि बस्नेछ। भोलिको बैठकमा सांसदहरुले पनि बोल्ने र त्यसपछि मन्त्रीले जवाफ दिने घिमिरेले जानकारी दिए। 

उनले भने,‘भोलिदेखि सांसदहरुले बोल्ने क्रम सुरु हुन्छ, सांसदहरुले बोलेपछि मन्त्रीहरुले जवाफ दिनुहुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad