राजनीति


अखिल क्रान्तिकारी : लुम्बिनीमा १२० मत गन्दा उपदेश यादवलाई शून्य मत

अखिल क्रान्तिकारी : लुम्बिनीमा १२० मत गन्दा उपदेश यादवलाई शून्य मत

नेपालखबर
माघ १२, २०८१ शनिबार २१:२४, काठमाडौँ

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि भएको चुनावको मतगणना सुरु भएको छ। 

लुम्बिनी प्रदेशबाट प्राप्त भएको मतगणनाको पछिल्लो विवरण अनुसार  विजय सापकोटालाई सुरुवाती अग्रता मिलेको छ।उनले ६३ मत प्राप्त गरेका छन्।

कुल १९४ मत खसेको लुम्बिनीमा १२० मत गन्दा अध्यक्षका उम्मेदवार उपदेश यादवले भने शून्य मत प्राप्त गरेका छन्। 

त्यस्तै अध्यक्षका अन्य उम्मेदवारहरु  हेमन्त राइले ३२, सुदिन पौडेलले १७ मत प्राप्त गरेका छन्। ८ मत बदर भएको छ।

अखिल क्रान्तिकारीमा नेतृत्वका लागि ८ गते मनोनयन दर्ता भएको थियो भने आज मतदान भएको थियो। 

अखिल क्रान्तिकारीमा अध्यक्षका लागि उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई र विजयप्रकाश शर्मा प्रतिस्पर्धामा छन्।

अध्यक्ष, महासचिव लगायतका पदमा सहमति हुन नसकेपछि आज मतदान भएको थियो। कुल १९१५ जनाले मतदान गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad