राजनीति


यी तस्बिरमा हेर्नुहोस् अखिल क्रान्तिकारीको मतदान

यी तस्बिरमा हेर्नुहोस् अखिल क्रान्तिकारीको मतदान

सरोज बैजु
माघ १२, २०८१ शनिबार १४:२६, काठमाडौँ

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्न बिहान ८ बजेदेखि मतदान जारी छ। 

क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनअन्तर्गत अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म चयन गर्न भइरहेको मतदान साँझ ६ बजेसम्म चल्नेछ। 

सात प्रदेश तथा २ गैरभौगोलिक प्रदेशबाट मतदान भइरहेको क्रान्तिकारीले जनाएको छ।

क्रान्तिकारीको अध्यक्ष पदमा पाँच जनाले उम्मेदवारी दिएका छन्। उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा र योगेन्द्र बुढा अध्यक्षका उम्मेदवार हुन्। 

खुला र आरक्षण गरी ९ उपाध्यक्ष पदका लागि ४४ र १ महासचिव पदका लागि ८ जनाले उम्मेदवारी दिएका छन्। यस्तै ९ उपमहासचिवका लागि ३६ र १२ सचिव पदका लागि ५३ जनाको उम्मेदवारी परेको छ। कोषाध्यक्ष पदमा ४ उम्मेदवार छन्। 

अखिल क्रान्तिकारीको नेतृत्वमा जान ३२ वर्षे उमेर हद लागू भएपछि पहिलोपटक निर्वाचन भइरहेको हो।  

यसैबीच अखिल क्रान्तिकारीको चुनावअन्तर्गत काठमाडौँस्थित वाल्मीकि विद्यापीठमा जारी मतदानका तस्बिर हेर्नुहोस्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad