ग्लोबल


युक्रेनबारे वार्ता गर्न पुटिन तयार

युक्रेनबारे वार्ता गर्न पुटिन तयार

फाइल तस्बिर: रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की


नेपालखबर
माघ १२, २०८१ शनिबार १४:१, मस्को

 रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबारे वार्ताका लागि आफू तयार रहेको बताएका छन्। 

पुटिनले भने, ‘हामीले जहिले पनि यो कुरा भन्दै आएका छौँ र म फेरि एकपटक यसमा जोड दिन चाहन्छु, हामी युक्रेनी विषयमा वार्ताका लागि तयार छौँ।’

राष्ट्रपति पुटिनले केही विषयमा विशेष ध्यान दिन आवश्यक रहेको उल्लेख गर्दै भने, ‘प्रतिबन्धित भइसकेको अवस्थामा अब वार्ता कसरी सुरु गर्न सकिन्छ, वार्ताका लागि पहिले प्रतिबन्ध खुकलो पार्नु आवश्यक छ। यदि वार्ता पुनः सुरु भयो भने युक्रेनको वर्तमान कानुनी ढाँचाअन्तर्गत यो अवैध हुनेछ।’

उनले थपे, ‘जबसम्म यो आदेश जारी रहन्छ, तबसम्म यी वार्ताहरू सुरु गर्न सकिन्छ कि सकिँदैन वा ती सही तरिकाले पूरा गर्न सकिन्छ भन्ने विश्वास मलाई छैन। त्यसैले वार्ताका लागि वातावरण बनाउन पहिले अर्को चरणको छलफल जरुरी छ।’

उनले अगाडि भने, ‘युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि रुससँगको वार्तालाई निषेध गर्ने आदेश जारी गर्नुभएको थियो। के यो अवस्थामा वार्ता गर्न सम्भव छ?’

उनले केही प्रारम्भिक छलफल हुन सक्ने भए पनि युक्रेनी पक्षबाट विद्यमान प्रतिबन्धका कारण गम्भीर वार्ता गर्न कठिन हुने उल्लेख गरे।

रुसी राष्ट्रपति पुटिनले जेलेन्स्कीलाई वार्तामा प्रतिबन्ध लगाउने आदेश हटाउन र आफ्ना प्रायोजकको आदेश पालना गर्न कुनै हतार नभएको बताए।

उनले किएभलाई आर्थिक सहयोग गर्नेहरूले युक्रेनी नेतालाई वार्ताको वातावरण तयार पार्न दबाब दिनुपर्ने बताए।

आर्थिक मञ्च (डब्ल्यूईएफ) को डाभोसमा बिहीबार आयोजित वार्षिक बैठकलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्ति सम्झौताका लागि अमेरिकी प्रयास ‘आशाजनक रूपमा अघि बढेको’ बताएका थिए। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad