ग्लोबल


फेरि ४ महिला बन्धक छाड्दै हमास

फेरि ४ महिला बन्धक छाड्दै हमास

नेपालखबर
माघ ११, २०८१ शुक्रबार २०:२०, काठमाडौँ

गाजा युद्धविराम सम्झौताअन्तर्गत शनिबार चार इजरायली बन्धक रिहा गरिने भएको छ।

यीमध्ये केही सैनिक र केही सर्वसाधारण हुन सक्ने विश्वास गरिएको छ। यी सबै महिला बन्धक हुन सक्छन्।

हमासले चाँडै उनीहरूको नाम सार्वजनिक गर्न सक्ने विश्वास गरिएको छ।

ती बन्धकलाई इजरायली जेलमा रहेका १८० प्यालेस्टिनी कैदीको सट्टामा रिहा गरिनेछ।

गत आइतबारदेखि लागू युद्धविरामअन्तर्गत यो दोस्रोपटक हमास र इजरायलले एकअर्काका कैदी/बन्दी रिहा गर्न लागेका हुन्। 

पहिलो आदानप्रदानमा तीन इजरायली बन्धकको बदलामा ९० प्यालेस्टिनी कैदी रिहा गरिएको थियो। त्यसबेला पनि तीनै जना इजरायली बन्धक महिला थिए। 

यो युद्धविराम सम्झौताले ७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि जारी युद्ध रोकिएको छ। 

यस आक्रमणमा लगभग १,२०० जना मारिए र २५१ जनालाई बन्धक बनाएर गाजा फिर्ता लगियो।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलको आक्रमणबाट ४७,२०० भन्दा बढी प्यालेस्टिनी मारिएको बताएको छ, जसमा धेरैजसो सर्वसाधारण छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad