राजनीति


स्वास्थ्यका कारण प्रधानमन्त्री ओली आज पनि निवासबाहिर ननिस्कने, शुक्रबारका कार्यक्रम भर्चुअल गर्ने

स्वास्थ्यका कारण प्रधानमन्त्री ओली आज पनि निवासबाहिर ननिस्कने, शुक्रबारका कार्यक्रम भर्चुअल गर्ने

फाइल तस्बिर


नेपालखबर
माघ ११, २०८१ शुक्रबार ११:२०, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली आज तेस्रो दिन शुक्रबार पनि सरकारी निवास बालुवाटारबाट बाहिर ननिस्कने भएका छन्। 

चिसोका कारण स्वास्थ्यमा समस्या देखिएपछि बुधबारदेखि औपचारिक कार्यक्रममा ननिस्किएका प्रधानमन्त्री ओलीले आजका लागि तय कार्यक्रम पनि भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार चिकित्सकले अझै बाहिरफेर ननिस्कन भनेकाले आजका लागि निर्धारित सबै कार्यक्रम निवासबाटै भर्चुअल रूपमा सम्बोधन गर्ने भएका हुन्।   

‘भर्चुअल रूपमा सम्बोधन गर्नुहुन्छ, स्वास्थ्यका कारण उहाँ फिजिकल रूपमा उपस्थित हुन नमिल्ने भो’, स्रोतले नेपालखबरसँग भन्यो, ‘डाक्टरले फिजिकल जाँदा गाह्रो हुने भनेकाले उहाँ बाहिर ननिस्किने हुनुभएको हो।’ 

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज प्रधानमन्त्री ओलीले बिहान ११:१५ बजे पाल्पाको बगनासकाली गाउँपालिकाको भवन उद्घाटन, दिउँसो १२:१५ बजे तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन र दिउँसो १२:५० बजे सिद्धार्थ राजमार्गको सिद्धबावामा निर्मित सुरूङ मार्गको ब्रेकथ्रु र दिउँसो १:१५ बजे बुटवल-गोरुसिंगे सडक स्तरोन्नति शिलान्यास गर्ने कार्यक्रम छ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली गत मंगलबार रातिसम्म पार्टीको सचिवालय बैठकमा सहभागी भएयता बिरामी परेका हुन्।    

राति अबेरसम्म बस्दा तथा चिसो खानेकुराले गर्दा प्रधानमन्त्री ओलीलाई चिसोजन्य समस्या देखिएको हो। खासगरी घाँटी दुखेकाले उनलाई बोल्न गाह्रो भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad