राजनीति


सरकारले बदनियत राखेर अध्यादेश ल्यायो : केसी

सरकारले बदनियत राखेर अध्यादेश ल्यायो : केसी

नेपालखबर
माघ ८, २०८१ मंगलबार १८:१, काठमाडौँ

सत्ता रुढदल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले बदनियत राखेर अध्यादेश ल्याएको आरोप लगाएका छन्। 

मंगलबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद केसीले सरकारले ल्याएका अध्यादेशले नीतिगत भ्रष्टाचारलाई संस्थागत गर्ने व्यवस्था गरेको दाबी गरे। उनले सरकारलाई अध्यादेश ल्याउनका लागि संविधानले अधिकार दिएपनि जनप्रतिनिधिको संस्था संसद्लाई पन्छाउनु ठिक नभएको बताए। 

‘सरकारलाई अध्यादेश ल्याउनका लागि संविधानले अधिकार दिएको तर त्यसको अर्थ जनप्रतिनिधिको संस्था संसद्लाई पन्छाउनु ठिक होइन,’ केसीले भने, ‘सरकारलाई अध्यादेश ल्याउने अधिकार संविधानले दिएको छ। राष्ट्रिय महत्त्वको कुरामा अध्यादेश ल्याउने हो तर सामान्य इस्यूमा पनि अध्यादेश ल्याउने र जनप्रतिनिधिलाई पन्छाएर ल्याउने ठिक होइन अध्यादेशले निजी क्षेत्र पनि सन्तुष्ट भएको सुनेको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad