राजनीति


संविधानको व्यवस्थाअनुरुप ल्याएका अध्यादेश असंवैधानिक र असंसदीय हुँदैन:भट्टराई

संविधानको व्यवस्थाअनुरुप ल्याएका अध्यादेश असंवैधानिक र असंसदीय हुँदैन:भट्टराई

नेपालखबर
माघ ८, २०८१ मंगलबार १७:४५, काठमाडौँ

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले संविधानमा भएको व्यवस्था बमोजिम ल्याएको अध्यादेश असंवैधानिक नभएको दाबी गरेका छन्।

मंगलबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद भट्टराइले आवश्यकता परे अध्यादेश ल्याउन पाउने संविधानको धारा ११४ मा व्यवस्था गरेको जिकिर गरे। उनले संविधानले गरेको व्यवस्था अनुरुप वर्तमान सरकारले अध्यादेश ल्याएको दाबी गरे। 

‘सरकारले ल्याउने अध्यादेश सेप्टि भल्व हो, हाम्रो संविधानले संसदीय व्यवस्थामा राखेको व्यवस्था हो,’ भट्टराईले भने, ‘यो कुनै अससदीय व्यवस्था होइन। असंवैधानिक पनि होइन। संविधानको धारा ११४ ले अध्यादेश ल्याउन सक्ने व्यवस्था गरेको छ। संसद् नबसेको अवस्थामा अतिआवश्यक काममा निम्ति अध्यादेशमार्फत ऐनहरु सरकारले ल्याउन सक्छ। ६० दिनभित्र संसदबाट पारित गर्नुपर्छ। मुख्य तीन दल संविधान बनाउन मुख्य भूमिका खेलेको भनिन्छ। विश्वमा संसदीय व्यवस्था भएका मुलुकहरुलाई हेरेर राखेको हो।’

उनले सहकारीको विषयमा सहकारी छानविन सम्बन्धि संसदीय उच्चस्तरीय समितिले पास गरेको प्रतिवेदनकै आधारमा ढिला हुने भएकाले समितिको प्रतिवेदनअनुसार तत्काल कार्यान्वयनको लागि अध्यादेशमा समावेश गरिएको जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad