राजनीति


गाग्री प्रहरी नियन्त्रणमा, हर्क रित्तै सिंहदरबार प्रवेश

गाग्री प्रहरी नियन्त्रणमा, हर्क रित्तै सिंहदरबार प्रवेश

सरोज नेपाल
माघ ८, २०८१ मंगलबार ११:३३, काठमाडौँ

रित्तो गाग्रीसहित सिंहदरबार छिर्न खोजेका धरानका मेयर हर्क साम्पाङलाई प्रहरीले रोकेको छ। प्रहरीले गाग्री नियन्त्रणमा लिएर उनलाई भने खाली प्रवेश गर्न दिएको हो। 

सिंहदरबार प्रवेश गर्नुअघि हनुमानस्थानमै प्रहरीले उनले बोकेको गाग्री नियन्त्रणमा लिएको हो। धरानको खानेपानी समस्या समाधान गर्न

संघीय सरकारले ध्यान नदिएको भन्दै उनी धरानबाटै रित्तो गाग्री लिएर काठमाडौँ आएका छन्। खानेपानी मन्त्रालयमा पुगेर मन्त्रीलाई त्यसबारे ध्यानाकर्षण गराउने उनको योजना रहेको छ। 

खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवलाई आफ्ना माग सुनाउन उनी अहिले मन्त्रालय प्रवेश गरेका छन्। त्यसपछि उनी अर्थमन्त्रालय र प्रधानमन्त्री कार्यालय पुग्नेछन्। 

धराने जनतालाई स्थायी रूपमा खानेपानीको व्यवस्था गर्न कोसीको पानी ल्याउनु पर्ने र त्यसका लागि बजेट छुट्याउनैपर्ने उनको अडान छ।

उनले आफ्नो कार्यकालभर धराने जनतालाई जसरी पनि पानी खुवाउने बाचा चुनावका बेला गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad