डोनाल्ड ट्रम्पले आफू अमेरिकाको राष्ट्रपति बनेको पहिलो दिन नै रुस-युक्रेन युद्ध रोकिने आफूले यसअघि गरेको दाबीबारे जवाफ दिएका छन्।
राष्ट्रपति कार्यालयमा पत्रकारहरूले ट्रम्पलाई यस विषयमा प्रश्न गर्दा उनले आफूसँग अझै समय बाँकी रहेको बताएका हुन्।
पत्रकारलाई जवाफ दिँदै ट्रम्पले भने, ‘आधा दिन मात्र बित्यो। मसँग अझै आधा दिन बाँकी छ। के हुन्छ हेर्नेछौँ।’
यस क्रममा उनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि युद्ध अन्त्यका लागि रुससँग सम्झौता गर्न चाहने दाबी पनि गरे।
उनले भने, ‘धेरैजसो मानिसले रुस-युक्रेन युद्ध एक हप्तामा समाप्त हुनेछ भन्ने सोचेका थिए। मलाई विश्वास छ- यो युद्ध समाप्त भए जेलेन्स्कीका लागि धेरै राम्रो हुनेछ।’
1.4k
Shares

प्रतिक्रिया