अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपति रामचन्द्र पौडेलले बधाई दिएका छन्।
समकक्षी ट्रम्पले अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा कार्यभार ग्रहण गरेकोमा मंगलबार बिहान ट्विटरमार्फत पौडेलले उनलाई बधाई दिएका हुन्।
त्यसक्रममा पौडेलले ट्रम्पको सफल कार्यकालको कामना पनि गरेका छन्।
ट्रम्पको दोस्रो कार्यकालमा नेपाल-अमेरिकाबीचको सम्बन्ध अझ बलियो हुने विश्वास राष्ट्रपति पौडेलले व्यक्त गरेका छन्।
102
Shares

प्रतिक्रिया