मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ।
संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्न दबाब बढिरहेकाबेला बैठक बसेको हो।
संसद अधिवेशनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए।
यस्तै विपक्षीदलहरुले पनि संसद बैठक बोलाउन माग गरिरहेका छन्। केही दिनअघि प्रधानमन्त्री ओलीले पनि १५–२० दिनमा संसद बैठक बोलाउने सार्वजनिक अभिव्यक्ति दिएका थिए।
अघिल्लो बैठकबाट अध्यादेश ल्याउने निर्णय गरेपछि सरकारलाई संसद छलेर निर्णय गरेको आरोप लागेको छ।
60
Shares

प्रतिक्रिया