राजनीति


सार्वजनिक लेखा समितिमा ९६ उजुरी, मंगलबार छलफल हुने

सार्वजनिक लेखा समितिमा ९६ उजुरी, मंगलबार छलफल हुने

सार्वजनिक लेखा समिति/फाइल फोटो


नेपालखबर
माघ ६, २०८१ आइतबार १६:३०, काठमाडौँ

संसदको सार्वजनिक लेखा समितिमा ९६ वटा उजुरी परेका छन्।

प्रतिनिधि सभा अन्तरगतको यो समितिमा अघिल्लो आर्थिक वर्ष र यो आर्थिक वर्षमा गरी ९६ वटा उजुरी परेको समिति सचिवालयले जानकारी दिएको छ।

सचिवालय स्रोतका अनुसार समितिमा विशेषगरी वित्तीय सुशासन र आर्थिक अनुशासनसँग सम्बन्धीत उजुरीहरू आउने गरेका छन्।

समितिमा आएका उजुरीका सम्बन्धमा छलफल गर्न मंगलबार समितिको बैठक बोलाइएको छ। समिति सभापति ऋषिकेश पोखरेलले मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाएका हुन्।

मंगलबारको बैठकमा समितिमा आएको उजुरीसँगै उपसमितिहरूले समितिमा छलफल गर्ने भनी औंल्याएका विषयमा पनि छलफल गर्ने कार्यसूची रहेको छ।

उपसमितिले टुङ्ग्याउन नसकेका विभिन्न मन्त्रालयसँग सम्बन्धित बेरूजुका बुँदाहरू समितिमा छलफल हुन लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad