राजनीति


अखिल क्रान्तिकारीको ३२ वर्षे उमेरहदबारे माओवादीले बनायो छानबिन समिति

अखिल क्रान्तिकारीको ३२ वर्षे उमेरहदबारे माओवादीले बनायो छानबिन समिति

नेपालखबर
माघ ६, २०८१ आइतबार १५:३१, काठमाडौँ

नेकपा माओवादी केन्द्रले आफ्नो विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले निर्वाचनमार्फत ३२ वर्षे उमेहर हद तोकेको विषयमा छानबिन गर्न समिति बनाएको छ। 

अखिल क्रान्तिकारीले गत पुस १३ गते संगठनमा ३२ वर्षे उमेरहद लागू गर्ने कि नगर्ने भन्नेबारे निर्वाचन गरेको थियो। देशभरबाट मतदान गर्दा बहुमत प्रतिनिधि उमेरहद लागू गर्ने पक्षमा उभिएका थिए।

तर, माओवादी केन्द्रले मतदानबारे पार्टीमा उजुरीहरू परेको भन्दै त्यसबारे छानबिन गर्न अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा ३ सदस्यीय छाबिन समिति गठन गरेको छ। समितिमा धावा लामा र सालिकराम सापकोटा सदस्य रहेका छन्। 

छानबिन समितिले अध्ययन गरेर प्रतिवेदन बुझाउन एक महिनाको समय पाएको छ। 

पार्टीको निर्वाचन आयोगले मतदान प्रकृया सम्पन्न गरिसकेको भए तापनि उजुरीहरूको प्रकृति हेर्दा पार्टीको आन्तरिक समीक्षासँग जोडिएको देखिन्छ,’ माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार  जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको विधि र अनुशासनको दृष्टिले केही गम्भीर प्रकृतिको देखिएकोले पार्टीको आन्तरिक प्रयोजनको लागि ती उजुरीहरूको अध्ययन तथा छानबिन गरी बढीमा १ महिना अवधिभित्र पार्टी केन्द्रीय कार्यालयमा सिफारिस गर्नका लागि पार्टी केन्द्रीय कार्यालयले अनुशासन आयोगका अध्यक्ष क. टंक राई संयोजक तथा आयोगका सदस्यद्वय धावा लामा र सालिकराम सापकोटा सदस्य रहने गरी ३ सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरिएको छ।’

क्रान्तिकारीले ३२ वर्षे उमेरहद अनुसार नेतृत्व चयन गर्न माघ ८ गतेदेखि निर्वाचन प्रक्रिया सुरु गर्ने भनेको छ। नेतृत्व चयनका लागि १२ गते मतदान तोकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad