राजनीति


संसद्का तीन समितिको बैठक बस्दै

संसद्का तीन समितिको बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
माघ ६, २०८१ आइतबार १०:४४, काठमाडौँ

राष्ट्रिय सभाका दुई र संयुक्त एक गरी आज संसद्का तीन समितिको बैठक बस्दै छ। 

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त) को बैठक बिहान साढे १० बजेका लागि बोलाईको छ। 

समितिले आज संघीय संसदमा प्रस्तुत भएको सरकारको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल गर्दैछ। 

यस्तै, राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ। समितिको बैठक बिहान ११ः३० बजेका लागि बोलाइएको छ। 

राष्ट्रिय सभाकै विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे बस्दैछ। समितिले आज तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा महान्यायाधिवक्तासँग छलफल गर्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad