राजनीति


प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनु नै उचित हुन्छ : प्रचण्ड

प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनु नै उचित हुन्छ : प्रचण्ड

नेपालखबर
माघ ४, २०८१ शुक्रबार १६:२९, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमाले गठबन्धन सरकार रहिराख्ने नैतिक अधार गुमेको टिप्पणी गरेका छन्।

संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार विपक्षी दलको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सरकारले जनतामा निराशा बढाउँदै गएको बताए। 

‘जे भनेर गठबन्धन बनेको थियो, ती केही पनि काम अघि बढेका छैनन्,’ प्रचण्डको भनाइ छ, ‘संविधान संशोधन त प्रधानमन्त्री आफैँले २०८७ मा मात्रै हुन्छ भनिसकेपछि र अन्य सुशासन इत्यादिका बारे भनिएका कुरा पनि ठिक उल्टो गतिविधि गरेपछि नैतिक रूपले सरकारले सरकारमा बसिराख्ने आधार गुमाएको छ भन्नु हामीले अब सरकार खोजेको छ भन्ने अर्थ लाग्दैन।’

उनले थपे, ‘सरकारले त्यो नैतिक अधिकार गुमाएको छ। नैतिकताको आधारमा भन्ने नै हो भने सरकारले राजीनामा दिनु नै उचित हुन्छ।’

उनले सरकारका क्रियाकलापले जनतामा निराशा बढ्दै गएको समेत दाबी गरे। ‘सरकारका क्रियाकलापले आम निराशा र असन्तुष्टि बढ्दै गएको छ, सरकारको औचित्य गुम्दै गएको छ,’ प्रचण्डले भने, ‘सरकार जुन तरिकाले बन्यो, अप्राकृतिक तरिकाले बनेको छ। अपारदर्शी तरिकाले बनेको छ। संविधानको मर्म र भावनाविपरीत बनेको छ।’

प्रचण्डले आवश्यक परे सडक संघर्षमा समेत जाने समेत चेतावनी दिए। ‘देशको स्थितिप्रति गम्भीर चिन्ताकासाथ विपक्षी दलले विरोध गरेका छौँ,’ उनले भने, ‘जरुरी पर्दा सडक संघर्षमा जान बाध्य हुनेछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad