राजनीति


१५-२० दिनभित्र संसद् खुल्छ : प्रधानमन्त्री ओली

१५-२० दिनभित्र संसद् खुल्छ : प्रधानमन्त्री ओली

नेपालखबर
माघ ४, २०८१ शुक्रबार १३:४९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन निर्माण काम रोक्नका लागि नभइ काम गर्नका लागि बनाउनुपर्ने बताएका छन्। शुक्रबार काठमाडौँमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सरकारले काम गर्नका लागि अध्यादेश ल्याएको बताउँदै उनले १५/२० दिनमा संसद्‍मा पेस भएर दुई महिनाभित्र कानुनको रुप लिइसक्ने बताए। 

‘अहिले हामीले भर्खर कानुन अध्यादेशमार्फत ल्याएका छौँ, कतिपयले त्यसको बिरोध गर्न खोजिरहेका छन्,’ ओलीले भने, ‘अध्यादेशले शासन खोज्यो भने। १५/२० दिनभित्र संसद् आइसक्छ। संसद् आएको पहिलो दिन त्यहाँ पेस गर्छौं। त्यहाँ छलफल गर्छौं। अगाडि बढाउँछौँ। दुई महिनाभित्र त्यसको टुंगो लागिसक्नुपर्छ। तर दुई महिनासम्म काम रोकेर बस्न मिल्दैन। एउटा देशको दुई महिना भनेको महत्वपूर्ण छ।’ 

उनले काम रोक्नका लागि नभए अगाडि बढाउनका लागि कानुन बनाउनुपर्ने जिकिर गरे। ‘उद्यमी व्यवसायीहरु अहिले तड्पिएका छन्,’ ओलीको भनाइ छ, ‘हाम्रा नीतिहरु, कानुनहरु बन्नुपर्दछ, काम गर्नका लागि, काम रोक्नका लागि होइन। रोक्न कानुन बनेका छन् भने त्यस्ता कानुनलाई फेर्न पर्दछ। कामलाई अघि बढाउने, विकासलाई अघि बढाउने, जनतालाई सेवा पुर्‍याउने र व्यवसायीलाई पुग्ने सकारात्मक कानूनहरु परिवर्तन गर्नुपर्छ। एक हप्ता ढिलो हुन्छ भने एक हप्ता अगाडि गर्नुपर्दछ। अध्यादेश भनेको कुनै छुट्टै पृथक केही कुरा होइन।’ 

प्रधानमन्त्री ओलीले अधिकारको उपयोगको नाममा सभ्य समाजलाई पाच्य नहुने कुरा बोल्न नहुने समेत उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad