भक्तपुरस्थित मनहरा खोलामा एक पुरुषको शव फेला परेको छ। मध्यपुर ठिमी नगरपालिका-१, मनहरास्थित बीपी आँखा अस्पताल नजिक अन्दाजी ४५ वर्षका पुरुषको शव फेला परेको भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेले बताए।
खोलामा पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
तत्काल प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले शव निकालेको तर सनाखत हुन नसकेको न्यौपानेले बताए।
अन्दाजी ६ फिट उचाइ भएका पुरुषले कालो पाइन्ट, कालो सर्ट र एमिनिटी स्कुल तेस्रेटार भक्तपुर लेखिएको स्कुल वेल्ट लगाएका छन्। थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
318
Shares

प्रतिक्रिया