प्रधानमन्त्री केपी शर्मा ओली पोखरा पुगेका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन उनी बिहीबार दिउँसो पोखरा पुगेका हुन्।
प्रधानमन्त्री ओलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकी प्रदेशप्रमुख डिल्लीराज भट्ट, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारीलगायत उच्चपदस्थ सरकारी अधिकारीहरुले स्वागत गरे।
प्रधानमन्त्री ओली प्रतिष्ठानका कुलपति छन्। प्रतिष्ठानबाट आज ४३ जना दीक्षित हुँदैछन।
दीक्षान्त समारोहमा मेडिकल विज्ञान सङ्काय पोस्टग्रयाजुएट (चिकित्सा डाक्टर-शल्यचिकित्सा स्नातकोत्तर, एमडी-एमएस) का प्रथम र दोस्रो ब्याचका ४३ विद्यार्थी दीक्षित हुन लागेका प्रतिष्ठानले जनाएको छ।
प्रधानमन्त्री ओलीले आजै प्रतिष्ठानको नयाँ भवन उद्घाटन गर्नेछन्। प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवन १७ करोडको लागतमा बनेको हो।
Shares

प्रतिक्रिया