ग्लोबल


नेपाल हेर्ने बेलायती सांसद बेकरसँग कांग्रेस नेता कोइरालाको भेट

नेपाल हेर्ने बेलायती सांसद बेकरसँग कांग्रेस नेता कोइरालाको भेट

नेपालखबर
माघ ३, २०८१ बिहिबार १३:८, काठमाडौँ

बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बेलायती संसद्को नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकरसँग भेटघाट गरेका छन्।

लण्डनस्थित नेपाली राजदूतावासमा भएको भेटघाटमा बेकरसँग कोइरालाले भुपु गोर्खा सैनिकहरुको सेवा सुबिधासम्बन्धी समस्याको समाधान, लण्डन-काठमाडौँ सिधा हवाई उडान, जलवायु परिवर्तन लगायतका विषयमा छलफल गरेका थिए। 

‘जलवायु परिवर्तनका कारण नेपाल संकटमा छ,’ कोइरालाले भनेका थिए, ‘हिउँ पग्लेर हिमालहरु कुरुप बनिरहेका छन्। जलवायु परिवर्तनका कारण नेपालले जुन क्षती व्यहोरिरहेको छ, त्यसका लागि नेपालले क्षतिपुर्ति पाउनुपर्छ र त्यसका लागि बेलायतले सहयोग गरिदिनुपर्‍यो।’

बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad