नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले कोसी प्रदेशका पूर्वसांसद विमल कार्कीलाई पार्टीले गरेको कारबाही प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली गुटको तानाशाही चरित्रको अर्को परिणाम भएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका उदयपुरका एमाले नेता विमललाई पार्टीको कोसी प्रदेश कमिटीले ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको छ।
यसविरुद्ध आक्रोश पोख्दै भीम रावलले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोसी प्रदेश सभाका पूर्वसदस्य तथा उदयपुरका नेता विमल कार्कीमाथिको कारबाही केपी गुटको निरंकुश, स्वेच्छाचारी र तानाशाही चरित्रको अर्को निन्दनीय परिणाम हो।’
1.1k
Shares

प्रतिक्रिया