राजनीति


काठमाडौँ अदालतमा रविका पक्षमा बहस सुरु

काठमाडौँ अदालतमा रविका पक्षमा बहस सुरु

रवि लामिछाने (बायाँ), न्यायाधीश माधवप्रसाद अधिकारी (माथि) र लामिछानेका पक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ताद्वय रमन श्रेष्ठ र सुशील पन्त।


नेपालखबर
माघ २, २०८१ बुधबार ११:९, काठमाडौँ

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतमा प्रतिवादी रवि लामिछानेका तर्फबाट बहस सुरु भएको छ। 

पूर्वगृहमन्त्री लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले बहस थालेका हुन्।

पुस २८ गते गत आइतबार आफैँ अदालतमा उपस्थित भएर बयान दिएका रविबारे न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा पुस २९ गते सोमबारदेखि थुनछेक बहस जारी छ।

सोमबार रविविरुद्ध सरकार र जाहेरवाला तर्फका वकिलहरूले बहस गरेका थिए। उनीहरूले रविलाई थुनामै राख्नुपर्ने तर्क पेस गरेका छन्। 

सरकारी र जाहेरवालातर्फका वकिलको बहस सकिएपछि प्रतिवादी लामिछानेतर्फका अधिवक्ताले आज बहस थालेका हुन्।

अहिले पूर्वन्यायाधिवक्ता पन्तले बहस गरिरहेका छन् भने रविका पक्षमा अर्का पूर्वन्यायाधिवक्ता रमन श्रेष्ठले पनि बहस गर्ने तयारी छ। 

यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछाने कास्की जिल्ला अदालतको आदेशमा पुस २५ गते बिहीबार ६५ लाख धरौटी तिरेर रिहा भएका थिए। 

यसको भोलिपल्ट पुस २६ शुक्रबार साँझ काठमाडौँ आइपुगेका रास्वपा सभापति लामिछाने पुस २८ आइतबार बिहानै जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका थिए। त्यस दिन बयान लिएका न्यायाधीश माधवप्रसाद अधिकारीले त्यही दिन थुनछेक बहस थाल्न समय अभाव भएको भन्दै रविलाई न्यायिक हिरासतमा लान आदेश दिएका थिए।

त्यस दिनदेखि जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका रविबारेको थुनछेक बहस पुस २९ सोमबार पनि नसकिएपछि मंगलबार माघ १ गते माघे संक्रान्तिको बिदा परेकाले आज माघ २ बुधबारदेखि पुन: निरन्तरता दिइएको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad