राजनीति


अहिलेको पहिलो राजनीतिक एजेन्डा रोजगारी : गगन थापा

अहिलेको पहिलो राजनीतिक एजेन्डा रोजगारी : गगन थापा

फाइल तस्बिर


नेपालखबर
पुस २६, २०८१ शुक्रबार २०:५७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरूलाई आत्मसम्मान र खुसीका साथ नेपालमै बस्न सक्ने वातावरण सिर्जना गर्नु आजको मुख्य राजनीतिक एजेन्डा भएको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले नेपालको अहिलेको सबैभन्दा ठूलो राजनीतिक एजेन्डा नेपालमै खुसीका साथ बस्न सक्ने गरीकन कमाइ गर्ने वातावरणको सिर्जना गर्नु रहेको बताए।

आफ्नो कमाइबाट खुसी हुने रोजगारी अहिलेको पहिलो राजनीतिक एजेन्डा रहेको उनको भनाइ थियो। उनले खुसीसहितको रोजगारीको विषय प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासम्म पुर्‍याउने वचन पनि दिए।

उनले भने, ‘नेपालको अहिलेको सबैभन्दा ठूलो पोल्टिकल एजेन्डा भनेको नेपालका नौजवानहरूले नेपालमै बस्न सक्ने गरी आफ्नो आत्मसम्मान रहने गरी, खुशी हुने गरी कमाइ भएको रोजगारी हो। म रोजगारीको यो छलफललाई प्रधानमन्त्रीको कोठामा पुर्‍याउन चाहन्छु। मैले कोसिस गरिरहेको छु। मैले आज भनेको कुरा त्यसकै एउटा उदाहरण हो। म पार्टी सभापतिको कोठामा हुने बहसमा, छलफलमा यो कोठाको विषय पुर्‍याउन चाहन्छु। त्यहाँ राजनीतिको र यहाँ आएपछि रोजगारीको कुरा गर्ने होइन, त्यही कोठामा कुरा हुनुपर्छ। त्यो कोठमा कुरा हुनुपर्छ।’

नेपालमा पाएको रोजगारीले खुसीसाथ बस्नसक्छु भन्ने वातावरण बनाउन सके मात्रै युवाहरू नेपालमा बस्ने महामन्त्री थापाको धारणा थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad