राजनीति


नेपाल र लिङ्देनसँगको छलफलपछि प्रचण्डले भने- अब यो सरकार अघि बढ्न सक्दैन

नेपाल र लिङ्देनसँगको छलफलपछि प्रचण्डले भने- अब यो सरकार अघि बढ्न सक्दैन

नेपालखबर
पुस २६, २०८१ शुक्रबार १७:४६, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार अब अघि बढ्न नसक्ने दाबी गरेका छन्।

शुक्रबार सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसँग भेटेपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका छन्।

उनले अहिलेको सरकार अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी रहेको आरोप पनि लगाए। अप्राकृतिक सरकार भएकाले अब चल्न नसक्ने उनको टिप्पणी थियो।

उनले भने, ‘समाजवादी मोर्चालाई फेरि सक्रिय पार्न पयो भन्ने विषयमा नै मुख्य रूपमा कुरा भइरहेको छ। हामी समाजवादी मोर्चाको बैठक २ गते बस्दै छौँ। त्यो मोर्चालाई सक्रिय पार्ने कुरामा नै छलफल भएको छ। यो गठबन्धन अप्राकृतिक छ, अलोकतान्त्रिक छ, अपारदर्शी छ भन्ने कुरा मैले गम्भीर रूपले संसदमा र बाहिर पनि भनेको सुन्नुभएको छ नै। अप्राकृतिक भएकाले अब यो चल्दैन।’

अध्यक्ष दाहालले बैठकमा समाजवादी मोर्चालाई फेरि सक्रिय बनाउनेबारेमा छलफल भएको र समाजवादी मोर्चाको बैठक माघ २ गते बस्ने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad