राजनीति


वैज्ञानिक समाजवादी पार्टीको महासचिवमा आहुति चयन

समानान्तर सत्ताको आर्थिक, राजनीतिक र सांस्कृतिक अभ्यास गर्ने राष्ट्रिय सम्मेलनकाे निर्णय
वैज्ञानिक समाजवादी पार्टीको महासचिवमा आहुति चयन

पत्रकार सम्मेलनमा वैज्ञानिक समाजवादी पार्टीका महासचिव आहुति र नेता राजकुमार हिङमाङ


नेपालखबर
पुस २५, २०८१ बिहिबार १४:४७, काठमाडौँ

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको महासचिवमा आहुति (विश्वभक्त दुलाल) चयन भएका छन्। 

यही पुस १९ देखि २१ गतेसम्म काठमाडौँमा सञ्चालन भएको पार्टीको प्रथम राष्ट्रिय सम्मेलनले आहुतिको नेतृत्वमा संगठनको ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो। 

पार्टीले बुधबार दिउँसो काठमाडौँमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय सम्मेलन र त्यसपछि बसेको नव निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ। 

आफ्नो पार्टीले समानान्तर सत्ताको आर्थिक, राजनीतिक र साँस्कृतीक अभ्यास गर्ने निर्णय गरेको आहुतिले बताए। 

‘हाम्रो पार्टीको सम्मेलनले नयाँ युगको नयाँ कम्युनिस्ट आन्दोलन निर्माण गर्ने संकल्पसहित सामानान्तर सत्ताको आर्थिक, राजनीतिक र सांस्कृतिक अभ्यास गर्ने खाकासहितको विधान र प्रतिवेदन पारित गरेको छ,’ पत्रकार सम्मेलनमा महासचिव आहुतिले भने, ‘पिरामिड आकारको संगठन प्रणालीको स्थानमा क्रमशः प्रत्यक्ष जनवादमा आधारित संगठनात्मक प्रणालीको अभ्यास गर्दै जाने निर्णय पनि पार्टीले गरेको छ।’

उनले पार्टीले उठाएका सैद्धान्तिक र वैचारिक प्रश्नहरुलाई छरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरूमाझ बहस सञ्चालन गर्दै एकताबद्ध बनाउन पहल लिने निर्णय गरेको छ। साथै क्रान्तिकारी शक्तीहरुकाबीचमा संयुक्त मोर्चा निर्माण गरी राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा नयाँ उचाइमा संघर्षको उठान गर्ने निर्णय गरेको सो पार्टीले जनाएको छ।

हेर्नुहोस् वैज्ञानिक समाजवादी पार्टीको सम्मेलनले गरेका निर्णय 

 

                            मिति : २०८१ पौष २५
प्रेस विज्ञप्ती
प्रिय पत्रकार साथीहरु 
अभिवादन

हाम्रो प्रिय वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको यही पुष १९ देखि २१ सम्म चलेको प्रथम राष्ट्रिय सम्मेलन र त्यसपछि बसेको नव निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले लिएका निर्णयहरु सार्वजनिक गर्न यो पत्रकार सम्मेलन आयोजना गरिएको छ।

१. सम्मेलनले नयाँ युगको नयाँ कम्युनिष्ट आन्दोलन निर्माण गर्ने संकल्पसहित सामानान्तर सत्ताको आर्थिक राजनीतिक र साँस्कृतीक अभ्यास गर्ने खाकासहितको विधान र प्रतिवेदन पारित गरेको छ । पिरामिड आकारको संगठन प्रणालीको स्थानमा क्रमश प्रत्यक्ष जनवादमा आधारित संगठनात्मक प्रणालीको अभ्यास गर्दै जाने निर्णयसहित पार्टीले उठाएका सैद्धान्तिक वैचारिक प्रश्नहरुलाई छरिएर रहेका क्रान्तिकारी कम्युनिष्टहरुमाझ बहस सञ्चालन गर्दै एकतावद्ध बनाउन पहल लिने निर्णय गरेको छ । साथै क्रान्तिकारी शक्तीहरुका वीचमा संयुक्त मोर्चा निर्माण गरी राष्ट्रियता, जनतन्त्र र जनजिविकाको सवालमा नयाँ उचाईमा संघर्षको उठान गर्ने निर्णय गरेका छ।

२. सम्मेलनले क.आहुतिलाई महासचिव र क.मदन अर्याललाई प्रवक्तामा चयन गर्दै ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । जसमा क.धनकुमारी सुनार, क.राजकुमार हिङमाङ, क.राजेश्वरी सुवेदी, क.जागृत रायमाझी, क.बुद्धलक्ष्मी महर्जन, क.सुरेन्द्र लुइटेल, क.रुपा सुनार, क.भुपाल साम्पाङ राई, क.सुवास पाण्डे, क.सतिसाल, क.मोहन लकान्द्री, क.सुरज राई, क.लक्ष्मण न्यौपाने, क.बुद्धिराम ठटाल, क.हिरादेवी दास, क.जीवन प्रतिक, क.धनबहादुर श्रेष्ठ, क.रुकु रणपाल, क.शान्ति गजमेर, क.बैद्यनाथ ठाकुर, क.प्रेम गैरे, क.तीर्थराज मजकोटी, क.भावना, क.हिमांसु घिमिरे, क.प्रकाश शर्मा, क.शशी विश्वकर्मा, क.भुवन सेन्चुरी, क.टि.वि. लामिछाने, क.राजेश नेपाली, क.यशोदा बराल, क.श्याम कुँवर, क.पुष्प भण्डारी, क.देव सिं लामा, क.तिर्थमाया तामाङ, क.नरेन्द्र सेराला, क.काल्साङ लामा, क.डेविड परियार, क.रुविना झा र क.राजन डोने रहनु भएको छ । त्यसैगरी क. रवि गुँरागाई र क.मोहन साशंकरलाई केन्द्रीय सल्लहाकारमा क. प्रेमबहादुर बिकलाइ पार्टी केन्द्रीय कार्यालय सचिवमा चयन गरिएको छ ।

३. सम्मेलनले क.नन्दन अर्यालको संयोजकत्वमा ६ सदस्यीय प्रवुद्ध समिति गठन गरेको छ, जसमा क. बुद्धिलाल पासवान, क. गणेश रसाइली, क. चित्रबहादुर बि.क., क. रोहित हिङमाङ र गोविन्द विश्वकर्मा रहनु भएको छ। 

४. सम्मेलनले केन्द्रीय समिति सदस्य, सल्लाहाकार र प्रबुद्ध समिति सदस्य पदेन सदस्य रहने गरी ९९ सदस्यीय केन्द्रीय पुर्णकालिन शिविर गठन गरेको छ, जसमा क.तुलसी गैरे, क.रकमराज तामाङ, क. शमसेर, क. फुलमती, क.लिजा तामाङ, क. सन्दीप चौधरी, क. नवराज वि.क., क.अनिश कालिकोटे, क. प्रेमबहादुर बिक, क. साया किरण, क.निर्जन विक, क. राजु भाई, क.रवि नेपाली, क.बमहादुर विश्वकर्मा, क. अस्मिता वादी, क.बाबुराम विश्वकर्मा, सन्दीप थापा रहनु भएको छ। 

५. सम्मेलनले क.आहति, क.मदन अर्याल, क.धनकुमारी सुनार, क.राजकुमार हिङमाङ, क.राजेश्वरी सुवेदी, क.जागृत रायमाझी, क.बुद्धलक्ष्मी महर्जन, क.सुरेन्द्र लुइटेल, क.रुपा सुनार, क.भुपाल साम्पाङ राई, क.सुवास पाण्डे, क.सतिसाल र क. मोहन लकान्द्री रहेको १३ सदस्यीय केन्द्रीय सचिवालय चयन गरेको छ । त्यसैगरी क.आहुति, क.मदन अर्याल, क.धनकुमारी सुनार, क.राजकुमार हिङमाङ र क.राजेश्वरी सुवेदी रहेको ५ सदस्यीय केन्द्रीय कार्यालय समेत निर्माण गरेको छ। 

६. सम्मेलनले देशको भौगोलिक क्षेत्रलाई १० वटा व्यूरो र एउटा प्रकाशन व्यूरो गरी जम्मा ११ व्यूरोमा विभाजन गरी संयोजकको जिम्मेवारी निम्नानुसार तोकेको छ: 

१. कोच–लिम्बुवान व्यूरो: संयोजक क. मोहन लकान्द्री    २. किराँत–लिम्बुवान व्यूरो: संयोजक क. सुरज राई
३. मिथिला–भोजपुरा व्यूरो : संयोजक क. मदन अर्याल    ४. ताम्सालिङ व्यूरो:  संयोजक क. जागृत रायमाझी
५. नेवा व्यूरो : संयोजक क. बुद्धलक्ष्मी महर्जन        ६. तमुवान व्यूरो : संयोजक क. सुरेन्द्र लुँईटेल
७. अवध व्यूरो : संयोजक केन्द्रीय कार्यालय         ८. मगरात व्यूरो : संयोजक क. भुवन सेञ्चुरी
९. थरुहट–खसान व्यूरो : संयोजक क. टि.वि. लामिछाने    १०. जडान–खसान व्यूरो : संयोजक क. श्याम कुँवर
११. प्रकाशन व्यूरो : संयोजक क. धनकुमारी सुनार

७. सम्मेलन पछि बसेको केन्द्रीय समिति बैठकले तीन महिने कार्ययोजना निर्माण गरेको छ। जसमा माघ २० गतेसम्म सबै व्यूरो स्तरीय प्रशिक्षण सम्पन्न गर्ने, फागुन र चैत्र महिनामा २ महिने बिशेष राजनीतिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अभियानको क्रममा सबै तहका सरकारहरुको हिसाव खोज्ने, भ्रष्टहरुलाई कारबाही गर्ने, जनताका समस्याहरु समाधान गर्न पहल लिने निर्णय गरेको छ। अभियानको उत्कर्षको रुपमा चैत्र २४ गते देशव्यापी प्रदर्शन गर्ने तथा चैत्र अन्तिम साता केन्द्रीय पार्टी स्कुल सञ्चालन गर्ने निर्णय गरिएको छ। 
क्रान्तिकारी अभिवादनसहित!

 आहुति 
 महासचिव


 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad