नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङले नेपाल विद्यतु प्राधिकरणका एमडी कुलमान घिसिङलाई सरकारले हटाए त्यसविरुद्ध सडक संघर्षमा जानुपर्ने मत राखेका छन्।
माओवादीको केन्द्रीय समितिको जारी बैठकमा आफ्नो धारणा राख्दै तामाङले भने, ‘विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङलाई सरकारले हटाए तत्काल सरकारबिरुद्ध सडक संघर्षमा जानुपर्छ।’
उनले थपे, ‘मलाई लाग्द छ कि अहिले ब्याप्त भ्रष्ट्राचारका बिरुद्ध देश एकताबद्ध हुन्छ, यो एजेण्डामा जनता जुट्ने छन्।’
सरकारले सोमबार मात्रै घिसिङलाई ९ बुँदे स्पष्टीकरण सोधेको थियो।
त्यस्तै पार्टीमा सम्पत्ति विवरण बुझाउने कुरा आएको र यो ठिक भएको उनको भनाइ छ। ‘पार्टीमा सम्पत्ति विवरण बुझाउने कुरा ठिक छ,’ तामाङले भने, ‘तर गलत तरिकाले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा राज्यले दोषी करार गरेकालाई हामीसंगै राखेर विवरण माग्नु पनि ठिक भएन।’
पार्टीमा युवाहरुलाई प्रवेशको अवसर दिनुपर्नेमा जोड दिएका उनले उमेरहदका कारण विदा भएका विद्यार्थी नेतालाई पनि अवसर दिनुपर्ने धारणा राखे।
‘युवाहरुको भर्ती खोली पार्टी निमार्णमा अवसर दिऊ’ तामाङले भने, ‘युवाहरुलाई निराश बनाएर पार्टीमा उत्साह आउँदैन। उमेरहदका कारण बिदा हुने बिद्यार्थीहरुलाई सबैतहमा प्राथमिकताका साथ यहीबाट न्यायोचित निर्णय गरेर जाऊ।’
Shares

प्रतिक्रिया