नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दाको पेसी चढेको छ।
मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र अव्दुल अजिज मुसलमानको इजलास उक्त मुद्दा परेको हो। आज यही इजलासमा उक्त मुद्दाको सुनुवाइ हुनेछ।
वरिष्ठ अधिवक्तासमेत रहेका बार अध्यक्ष घिमिरेले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति सिफारिसमा प्रधानन्यायाधीशले ‘लेनदेन’ गरेको आरोप लगाएका थिए।
126
Shares

प्रतिक्रिया