राजनीति


कुलमानसँग ऊर्जा मन्त्रालयले फेरि सोध्यो स्पष्टीकरण

कुलमानसँग ऊर्जा मन्त्रालयले फेरि सोध्यो स्पष्टीकरण

नेपालखबर
पुस २२, २०८१ सोमबार १९:३४, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग फेरि स्पष्टीकरण सोधेको छ।

मन्त्रालयले सोमबार (पुस २२) मा मन्त्रालयले ७ दिनको म्याद दिएर कुलमानलाई स्पष्टीकरण दिन पत्राचार गरेको हो। 

ऊर्जामन्त्रीका रुपमा कांग्रेस नेता दीपक खड्का आएपछि स्पष्टीकरण सोधिएको यो तेस्रोपटक हो। यद्यपि, यसअघि विभिन्न प्रश्नहरू सोधी विवरण माग गरिएको थियो भने यसपालि स्पष्टीकरण नै भनिएको छ।

मन्त्रालय स्रोतका अनुसार, उनीमाथि माग गरिएका विवरण उपलब्ध नगराएको, गोलमटोल जवाफ दिएको र कार्यसम्पादन सम्झौताअनुसार काम गर्न नसकेको लगायत आरोप पत्रमा लगाइएको छ। 

मन्त्रालयका सचिव सुरेश आचार्यले लेखेको पत्रमा ९ वटा बुँदामा प्रश्न सोधी कुलमानसँग जवाफ मागिएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad