नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको छैठौं पूर्ण बैठकको दोस्रो दिनको छलफल सकिएको छ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि १८० जनाले बोल्नका लागि नाम टिपाएकोमा आज ८० जनाले धारणा राखेको बताइएको छ।
बैठक भोलि विहान ११ बजेसम्मा लागि स्थगित भएको छ। आज बैठकको प्रारम्भमा प्रचण्डले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल सुरु भएको थियो।
माओवादीमा ४ सय ९ पूर्ण र २०५ वैकल्पिक गरि ६१४ केन्द्रीय सदस्य छन्।
132
Shares

प्रतिक्रिया