समाज


रविको तर्फबाट पूर्वमहान्यायाधिवक्ताद्वय श्रेष्ठ र पन्तले गरे बहस

रविको तर्फबाट पूर्वमहान्यायाधिवक्ताद्वय श्रेष्ठ र पन्तले गरे बहस

नेपालखबर
पुस २२, २०८१ सोमबार १७:३५, काठमाडौँ

जिल्ला अदालत कास्कीमा सूर्यदर्शन सहकारी ठगीका प्रतिवादीहरुको तर्फबाट बहस भइरहेको छ।

सोमबार पूर्वडीआईजी समेत रहेका छविलाल बन्जाडे जोहीको तर्फबाट बहस सकिएर पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट बहस सुरु भएको छ।

न्यायाधीश नितिज राईको इसलासमा यो मुद्दा हेर्दाहेर्दैमा छ।

जोशीको तर्फबाट आइतबार देखिनै वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका थिए। उनको बहस आज सकिएको र रविकातर्फबाट तीन जना वकिलले बहस गरेको कास्की अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए।

लामिछानेको तर्फबाट दुईजना वूर्पमहान्यायाधिवक्ताले पनि बहस गरेका छन्। पूर्वमहान्यायाधिवक्ता सुशिल पन्त र रमनकुमार श्रेष्ठले बहस गरेका छन्।

त्यसअघि लामिछानेकै तर्फबाट सुरेन्द्र थापाले पनि बहस गरेका थिए। उनीहरू तीनै जनाले लामिछाने निर्दोष रहेको दाबी गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न नमिल्ने जिकिर गरेका छन्।

सरकारले वदनियतपूर्ण तबरले लामिछानेमाथि मुद्दा लगाएको दाबी उनका पक्षका वकिलको छ। मंगलबार पनि लामिछानेकै तर्फका वकिलहरुले बहस गर्नेछन्।

७ जना प्रतिवादी मध्ये तीनजनाको तर्फबाट मात्रै बहस भइरहेको छ। अझै केही दिन प्रतिवादीकै तर्फबाट बहस हुने भएको छ। त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन्।

जवाफी बहसपछि मात्रै थुनछेक आदेश आउने छ।
लामिछाने र जोशीसहित ४४ जनाप्रतिवादीलाई विभिन्न मुद्दा लगाइएको छ। त्यसमध्ये कही संस्था छन्। लामिछाने पत्नीलाई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ।
केहीलाई सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र क्रिप्टोको कसुरमा समेत अभियोग लगाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad