राजनीति


पूर्वउपराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने माओवादी नेताहरुको मत

पूर्वउपराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने माओवादी नेताहरुको मत

नेपालखबर
पुस २२, २०८१ सोमबार १३:५७, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दालहा ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमा नेताहरुले बोल्नेक्रम सुरु भएको छ।

सोमबार दोस्रो दिनको बैठकपछि नेताहरुले प्रचण्डको प्रस्तावमाथि बोल्न सुरु गरेका थिए। प्रत्येक केन्द्रीय सदस्यलाई ३ मिनेटको समय दिइएको छ भने अलिहेसम्म ४० जनाले आफ्नो धारणा राखेका छन्।

त्यसमध्य केहीले पूर्वउपराष्ट्रपति सक्रिय राजनीतिमा आउदा पार्टीप्रति नकारात्मक धारणा बन्न सक्नेतर्फ सचेत गराएका छन्। ‘सम्माननीय उपराष्ट्रपतिज्यू राजनीतिमा आउने हल्लाले समाजमा सकरात्मक सन्देश गएको छैन,’ केन्द्रीय सदस्य सुदन किरातीले भनेका थिए, ‘पार्टीले सम्माननीयलाई अझ सम्माननीय बनाउनु सक्नुपर्छ। आलोचना भन्दामाथि राखौं, वरु पाठशाला  बनाऔं। हामीबाटै नयाँ परम्परा र संस्कृतिको आधार स्तम्भ खडागगरौँ। उदारणीय बनाऔं।’

उनको भनाइलाई अन्य केन्द्रीय सदस्यहरुले सर्मथन गरेका थिए। स्रोतका  अनुसार ५ जनाले पूर्वउपराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने धारणा राखेका थिए।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्। उनी यसअघि पदाधिकारी र स्थायी समिति बैठकमा पनि सहभागी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad